अभिनेता दीपकराज गिरीद्वारा प्रहरी चौकी पुनर्निर्माणका लागि सहयोग – Sagarmathapana:: Online News Portal

अभिनेता दीपकराज गिरीद्वारा प्रहरी चौकी पुनर्निर्माणका लागि सहयोग

   २०८२ आश्विन ४ गते  

काठमाडौं-चर्चित अभिनेता तथा निर्माता दीपकराज गिरीले जनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी चौकी पुनर्निर्माणमा सहयोग गरेका छन्।

आफ्नो जन्मथलो काठमाडौं–थानकोटस्थित प्रहरी वृत्तमा पुगेर गिरीले ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। उक्त सहयोग रकम उनले प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी एलिजा गिरीलाई बुझाएका छन्।

सहयोग रकम प्रदान गर्दै गिरीले समाजमा शान्ति–सुरक्षाको लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने भन्दै आफू जन्मिएको ठाउँप्रति कृतज्ञता स्वरूप सानो योगदान गरेको बताएका छन्।

डीएसपी गिरीले सहयोगप्रति धन्यवाद दिँदै पुनर्निर्माण कार्यले स्थानीय बासिन्दा र प्रहरीबीच आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै