सुहाङ नेम्वाङको आत्मालोचना : कमजोरी स्वीकार गर्दै जेनजीलाई सम्मान गर्न आग्रह – Sagarmathapana:: Online News Portal

सुहाङ नेम्वाङको आत्मालोचना : कमजोरी स्वीकार गर्दै जेनजीलाई सम्मान गर्न आग्रह

   २०८२ आश्विन ४ गते  

काठमाडौं।नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले सक्रिय राजनीतिमा आफ्नो दुई वर्षको यात्राबारे आत्मालोचना गर्दै कमजोरी स्वीकारेका छन्। एक सार्वजनिक सन्देशमार्फत उनले आफ्नो भागमा पर्ने कमजोरीप्रति माफी माग्दै जिम्मेवार राजनीतिज्ञको रुपमा अघि बढ्ने प्रतिज्ञा गरेका छन्।

नेम्वाङले नयाँ पुस्ता—विशेषगरी जेनजीहरूलाई गालीगलौज गर्ने, तुच्छ टिप्पणी गर्नेहरूले कहिल्यै पनि जिम्मेवार अभिभावक बन्न नसक्ने बताएका छन्। उनका अनुसार जेनजीहरू आफ्नै सन्तानजस्तै भएकाले उनीहरूको भावनालाई सम्मान गर्दै अघि बढ्नु नेतृत्वको मुख्य दायित्व हो।

“आत्मालोचना गर्नु कमजोरी होइन, बरु सुधारको आधार हो,” उनले भने, “आफ्ना गल्तीहरूलाई स्वीकार्दै नयाँ पुस्तासँग हातेमालो गरेर मात्रै सशक्त भविष्य निर्माण गर्न सकिन्छ।”

युवा नेताको यो सन्देशलाई कतिपयले नेपाली राजनीतिमा सकारात्मक अभ्यासको सुरुवातका रूपमा लिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै