कांग्रेस सभापति देउवाको स्वास्थ्य अवस्था सामान्य,अझै केही दिन अस्पतालमै उपचार
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन्।
उनका अनुसार सभापति देउवाको टाउकोमा गम्भीर चोट लागेको थियो र करिब १२ वटा टाँका लगाइएको छ। सो भन्दा तल घाँटीमा सामान्य चोट छ।
विश्वकर्माले भने, “सभापति ज्यू अहिले सामान्य बोलचाल गर्नसक्ने, हिँडडुल गर्ने र पार्टीसँग तथा अन्य साथीहरूसँग पनि सम्पर्क–संवाद गर्ने अवस्थामा हुनुहुन्छ।”
तर, उठ्दा चक्कर लाग्ने, लामो समयसम्म बोल्दा असजिलो हुने समस्या देखिएकाले चिकित्सकले अझै केही दिन अस्पतालमै राखेर उपचार गर्ने सिफारिस गरेको बताए।
यसैबीच, पार्टीका नेताहरुले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पतालमा पुगेका छन्।












