संविधान दिवसमा राष्ट्रपति निवासमा चियापान,नेतादेखि जेनजीसम्मको जमघट
काठमाडौँ।संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुभयो । कार्यक्रममा पुराना दलका शीर्ष नेतादेखि नयाँ पुस्ताका जेनरेशन–जेड (Gen Z) अगुवासम्मको उपस्थिति रहेको थियो ।


राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरू, सरकारका उच्च पदाधिकारी, संवैधानिक निकायका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुख तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो ।
संविधानले दिएको अधिकार, जिम्मेवारी र एकतालाई मजबुत बनाउन यस्तो दिनको विशेष महत्व रहेको भन्दै राष्ट्रपति पौडेलले सबैलाई संविधान दिवसको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई विभिन्न पुस्ता र तह–तहका व्यक्तित्वहरूको साझा जमघटको रूपमा लिइएको छ ।













