अमेरिकी राजदूत डिन थम्पसन र नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता – Sagarmathapana:: Online News Portal

अमेरिकी राजदूत डिन थम्पसन र नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता

   २०८२ आश्विन ३ गते  

काठमाडौं-अमेरिकाका राजदूत डिन थम्पसनले आज नेपालकी अन्तरिम प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीसँग भेटवार्ता गर्नुभयो।

भेटका क्रममा राजदूत थम्पसनले हालैका प्रदर्शनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले अघि बढाएको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको निरन्तर समर्थन रहने प्रतिबद्धता जनाउनुभयो।

अमेरिका–नेपालबीचको ७८ वर्षभन्दा लामो साझेदारीलाई स्मरण गर्दै दुवै पक्षबीच व्यापार विस्तार, आर्थिक वृद्धिलाई सुदृढ बनाउने उपाय, विपद्‌ व्यवस्थापनमा सहकार्य, साथै नेपालकै रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

दुवै नेताले यी पहलहरूले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सबल, सुरक्षित र समृद्ध बनाउन योगदान 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै