काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश थापा – Sagarmathapana:: Online News Portal

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश थापा

   २०८२ आश्विन ३ गते  

काठमाडौं-गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंमा नयाँ प्रमुखको जिम्मेवारी एसएसपी रमेश थापालाई दिएको छ। यसअघि प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत रहेका थापा आजदेखि औपचारिक रूपमा काठमाडौं प्रहरी प्रमुख बनेका छन्।

यससँगै तत्कालीन प्रमुख एसएसपी विश्वराज अधिकारीलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयले जनाएको छ। अधिकारीलाई अन्यत्र सरुवा गरिएको हो।

प्रहरी सेवामा लामो अनुभव बोकेका थापा अनुशासित, दक्ष र निष्ठावान प्रहरी अधिकारीका रूपमा परिचित छन्। उनले अघिल्ला पदहरूमा रहँदा अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सार्वजनिक सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गरेको अनुभव बोकेका छन्।

काठमाडौं जस्तो संवेदनशील क्षेत्रमा थापाले अपराध नियन्त्रण, चाँडो सेवा प्रवाह र जनविश्वास अभिवृद्धिमा प्राथमिकता दिने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै