नेफिन र ‘जेनजी’बीच अधिकार र आगामी योजनाबारे छलफल – Sagarmathapana:: Online News Portal

नेफिन र ‘जेनजी’बीच अधिकार र आगामी योजनाबारे छलफल

   २०८२ आश्विन २ गते  

काठमाडौं।नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) र आदिवासी ‘जेनजी’ प्रतिनिधिहरूबीच अधिकार र आगामी योजनाबारे विशेष छलफल सम्पन्न भएको छ।

नेफिनको संघीय सचिवालयमा आयोजित छलफलमा आदिवासी जनजातिको संविधानले सुनिश्चित गरेका प्रावधान, अधिकार संरक्षण, र आगामी कार्यक्रमहरूको प्राथमिकता निर्धारणबारे विस्तृत बहस भएको जनाइएको छ।

बैठकमा नेफिनका अध्यक्ष गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, महासचिव दिवस राई, कोषाध्यक्ष विमल सारु तथा फोनिजका महासचिव समिर बलामी उपस्थित थिए। त्यस्तै, ‘जेनजी’तर्फबाट सामना लाओती, पेमा वाङ्बो, श्रेया सिंह र अनुरोध घर्ती लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेफिनका पदाधिकारीहरूले आदिवासी समुदायको अधिकार सुनिश्चित गर्न संविधानिक व्यवस्था प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। ‘जेनजी’का प्रतिनिधिहरूले समेत आगामी दिनमा सहकार्य र साझेदारीमार्फत् अधिकार प्रवर्द्धनमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकलाई दुवै पक्षबीच सहकार्य सुदृढ गर्दै आदिवासी समुदायको अधिकार प्रवर्द्धनका लागि महत्वपूर्ण पहलका रूपमा लिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै