अनेरास्ववियुद्वारा प्रर्दशनमा ज्यान गुमाएकाको सम्झनामा शोक सभा र दीप प्रज्वलन – Sagarmathapana:: Online News Portal

अनेरास्ववियुद्वारा प्रर्दशनमा ज्यान गुमाएकाको सम्झनामा शोक सभा र दीप प्रज्वलन

   २०८२ आश्विन २ गते  

काठमाडौँ-अनेरास्ववियुले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक सभा तथा दीप प्रज्वलन गरेको छ ।

अनेरास्व्वियुले प्रर्दशनीमार्गस्थित नेपाल ल क्याम्पसमा मौनधारण गरी शोक सभा तथा दीप प्रज्वलनआयोजना गरेको हो । अनेरास्ववियुका महासचिव दीपक धामीले जेनजी प्रर्दशनमा अकल्पनिय दुर्घटना भएर मुलुकले धेरै नै क्षति व्यहोर्नु परेको बताए । उनले प्रदर्शनका क्रममा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे । सभामा अनेरास्ववियूका इन्चार्ज किशोरविक्रम मल्ल, पूर्व अध्यक्ष समिक वडाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै