कोटेश्वर भाटभटेनीमा भेटियो रामेछापका युवककाे शव, कर्मचारी हाेइनन् – Sagarmathapana:: Online News Portal

कोटेश्वर भाटभटेनीमा भेटियो रामेछापका युवककाे शव, कर्मचारी हाेइनन्

   २०८२ आश्विन १ गते  

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्न गएका एकजनाको अस्थिपञ्जर फेला परेको छ ।

रामेछापको खाडादेवी गाउँपालिका- ६ घर भई ललितपुर, च्यासलमा डेरा गरी बस्ने २२ वर्षीय विकास रसाइलीको शव फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले नेपाल प्रेसलाई बताए । शव नजिकै भेटिएको एनसेलको सिमकार्ड परीक्षण गर्दा पहिचान खुलेको उनले बताए ।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते भएको आगजनी र लुटपाटका क्रममा उनी त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनी आन्दोलनकारी र भाटभटेनीका कर्मचारीमध्ये दुवै नभएको बुझिन्छ’, बोहराले भने, ‘अन्य प्रयोजनका लागि त्यहाँ गएको हुनसक्छ ।’

यसअघि बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरमा पनि लुटपाट गर्नका निम्ति गएका व्यक्तिको ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै