रास्वपाको माग : जेनजी आन्दोलनमा संलग्न आपराधिक गतिविधिमाथि कडा कारबाही होस्
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, चोरी, लुटपाट र आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेको छ ।
पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण गर्ने, हिंसात्मक गतिविधि गर्ने र अराजकता फैलाउने जोकोहीलाई कानून बमोजिम हदैसम्मको सजाय दिन सरकारलाई आग्रह गरेको हो ।
रास्वपाले लोकतान्त्रिक आन्दोलनलाई बदनाम गर्ने गतिविधि र जनसहभागितालाई कमजोर बनाउने अपराधी प्रवृत्तिलाई राज्यले छुट दिन नहुने उल्लेख गरेको छ ।












