भाटभटेनी आगो लगाउदा फसेका मध्ये एक जनाको हड्डी भेटिए – Sagarmathapana:: Online News Portal

भाटभटेनी आगो लगाउदा फसेका मध्ये एक जनाको हड्डी भेटिए

   २०८२ भाद्र २७ गते  

धरान।जेन्जी आन्दोलनको बेला सेप्टेम्बर ९ मा धरानमा रहेको भाटभाटेनिमा आगो लगाउदा पाँच जना फसेका भनिएका मध्ये एकजनाक चिन्न नसक्ने अवस्थामा टाउकोको खप्पर सहित केही हड्डि मात्र भएटिएको छ ।

जनपद प्रहरी नगर प्रहरी नेपाली सेना सहित जनप्रतिनिधिको रोहबरमा भाटभाटेनी भित्र प्रवेश गरि हेर्दा एकजनाको कंकाल संकलन गरिएको कुरा ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिए । भेटिएका कंकाललाई पोस्टमार्टम गर्नको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको कुरा पनि प्रहरीले जानकारी दिए । फसेका भनिएकाको कंकाल दोस्रो तलामा भेटिएको भन्दै थप खोजी गर्न चौथो तलामा आगो पुर्णरुपमा निभी नसकेकोले दमकल बोलाएको बताए । अहिले एउटा दमकल आएर चौथो तलामा पानी लगाईरहेको छ । प्रहरीले फसिएका भनिएका आधिकारिक रुपमा जानकारी न आएको बताए ।

जलेको भाटभाटेनिमा धरानका उप प्रमुख आइन्द्र बेघा पनि आएका थिए । उनले धरानको यो घटना अत्यन्त दुखद भएको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै