अन्तरिम सरकार नेतृत्वबारे हर्क साम्पाङको स्पष्टोक्ति : “सुशिला कार्कीलाई समर्थन गरेका छैनौं, युवाले चाहे म आफैं अघि बढ्छु” – Sagarmathapana:: Online News Portal

अन्तरिम सरकार नेतृत्वबारे हर्क साम्पाङको स्पष्टोक्ति : “सुशिला कार्कीलाई समर्थन गरेका छैनौं, युवाले चाहे म आफैं अघि बढ्छु”

   २०८२ भाद्र २५ गते  

काठमाडौं-धरानका मेयर हर्क साम्पाङले अन्तरिम सरकार गठनसम्बन्धी चर्चामा आफ्नो धारणा सार्वजनिक गर्दै आफू नेतृत्व गर्न तयार रहेको बताएका छन्। तर उनले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई समर्थन गरेको भन्ने हल्ला असत्य भएको स्पष्ट पारेका छन्।

आज जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ प्रष्ट्याउँदै भने,

“सुशिला कार्कीलाई मैले र बालेन शाहले समर्थन जनाएका छैनौं। युवाको साथ रहे म आफैं नेतृत्व गर्न तयार छु।”

देश संकटमा परेको बेला युवाहरूको आह्वानमा राजधानी आएको बताउँदै उनले आगामी राजनीतिक दिशानिर्देशनमा युवाको भूमिका निर्णायक हुने दाबी गरे।

यसैबीच, जेन–जी पक्षले अन्तरिम सरकारको नेतृत्वका लागि सुशिला कार्कीको नाम अघि सारेको चर्चा चलिरहेको छ। तर साम्पाङले त्यसबारे आफ्नो र काठमाडौंका मेयर बालेन शाहको समर्थन नरहेको दोहोर्‍याएका छन्।

साम्पाङको यस भनाइपछि अन्तरिम सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा थप अनिश्चितता देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै