धादिङ कारागारमा गोली प्रहार,एक कैदीको मृत्यु, सात घाइते – Sagarmathapana:: Online News Portal

धादिङ कारागारमा गोली प्रहार,एक कैदीको मृत्यु, सात घाइते

   २०८२ भाद्र २५ गते  

धादिङ-धादिङ कारागारमा बुधबार (भदौ २५) भएको तनावपूर्ण घटनामा सुरक्षाकर्मीले चलाएको गोली लागी एक कैदीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक पुरुष कैदी हुन् भने घटनामा अन्य सात जना कैदी घाइते भएका छन् ।

बिहानैदेखि कैदीबन्दीहरूले कारागारभित्र तोडफोड, ढुंगामुढा र आगजनी गरेका थिए । उनीहरूले कारागारको भित्री गेट समेत तोडेको बताइएको छ । पटक–पटक नियन्त्रणभन्दा बाहिर जाँदै गर्दा प्रशासनले नेपाली सेना समेत परिचालन गर्नुपरेको थियो ।

दिउँसो कैदीहरूले आगजनी गर्दै भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली प्रहार गर्नुपरेको प्रजिअ सुवेदीले जानकारी दिए । अहिले घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने कारागारमा स्थिति नियन्त्रणमा ल्याइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै