जेनजी प्रदर्शनपछि राष्ट्रपति पौडेलको रोहबरमा वार्ता हुँदै
काठमाडौ।राजधानीमा भइरहेको जेनजीको प्रदर्शनलाई समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा आज औपचारिक वार्ता हुने भएको छ ।
प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले बुधबार संयुक्त रूपमा वार्ताका लागि अपिल गरेका थिए । सोही अपिलपछि जेनजीका प्रतिनिधिहरू पनि वार्तामा सहभागी हुन राजी भएका छन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार वार्तामा नयाँ नागरिक सरकार गठनलगायत राजनीतिक समाधानका विषयमा छलफल हुने छ । नेपाली सेनाले वार्ताको व्यवस्थापन मिलाएको बताइएको छ ।












