मन्त्रिपरिषद् बैठक:सामाजिक सञ्जाल खोल्ने सरकारको निर्णय
काठमाडौं।सरकारले निष्क्रिय रहेको सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए। सरकारले जेनजीहरुको माग अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिएको उनले जानकारी दिए।












