क्याबिनेटमा प्रधानमन्त्री ओली : जेनजी आन्दोलनमा घुसपैठ,सामाजिक सञ्जाल नियमन नगरी खोल्न सकिँदैन – Sagarmathapana:: Online News Portal

क्याबिनेटमा प्रधानमन्त्री ओली : जेनजी आन्दोलनमा घुसपैठ,सामाजिक सञ्जाल नियमन नगरी खोल्न सकिँदैन

   २०८२ भाद्र २४ गते  

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको जेन-जी आन्दोलनमा बाह्य तत्वहरूको घुसपैठ भएको दाबी गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आन्दोलनबारे गरिएको ब्रिफिङका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

उनका अनुसार जेन-जीहरू आफ्ना माग राख्न सचेत र शान्तिपूर्ण ढङ्गले प्रदर्शनमा उत्रिएका थिए। तर, अन्य अराजक समूहले आन्दोलनलाई बिगार्ने प्रयास गर्दा अस्वाभाविक स्थिति सिर्जना भएको उनको भनाइ थियो। “युवा पुस्ताको शान्तिपूर्ण आन्दोलन राम्रो हुने अपेक्षा थियो, तर घुसपैठ भएको महसुस भएको छ,” ओलीले बैठकमा भनेका थिए।

प्रधानमन्त्रीले घुसपैठ भएको कुरा जेन-जी स्वयंले पनि स्वीकार गरिसकेको दाबी गरेका छन्। “सोही घुसपैठकै कारण युवाहरूको ज्यान गएको हो,” उनले ब्रिफिङका क्रममा उल्लेख गरे।

साथै, बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने तत्कालीन निर्णय लिन नसकिने विषयमा पनि प्रधानमन्त्री ओलीले प्रष्ट पारेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै