चाबहिल र हाडिगाउँमा निःशुल्क स्वास्थ्य शिविर,३५० भन्दा बढी लाभान्वित – Sagarmathapana:: Online News Portal

चाबहिल र हाडिगाउँमा निःशुल्क स्वास्थ्य शिविर,३५० भन्दा बढी लाभान्वित

   २०८२ भाद्र २३ गते  

काठमाडौं।राजधानीका चाबहिल र हाडिगाउँ क्षेत्रमा शनिबार आयोजित दुईवटा निःशुल्क स्वास्थ्य शिविरमार्फत ३५० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।

“प्राथमिक उपचार, हाम्रो सरोकार” भन्ने नारासहित योगदान राष्ट्रको लागि (Contribution For Nation) काठमाडौं महानगरपालिका समितिले गैह्रापोखरी, हाडिगाउँमा स्वास्थ्य शिविर आयोजना गरेको हो। दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन भएको शिविरमा ॐ समाज डेन्टल अस्पतालले दन्त उपचार र नेपाल भारत मैत्री अस्पताल (Teaching College) ले सामान्य स्वास्थ्य परीक्षण गरेका थिए।

यसैगरी, लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण र ॐ समाज डेन्टल अस्पतालको संयुक्त पहलमा चाबहिल र हाडिगाउँमा अर्को शिविर पनि सञ्चालन गरिएको थियो। नेपाल भारत मैत्री अस्पताल र नेपाल चेस्ट सेन्टरको सहकार्यमा आयोजित शिविरमा १४२ जनाको दन्त परीक्षण र करिब २०० जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको आयोजकहरूले जनाएका छन्।

वरिष्ठ शिविर प्रमुख धन घिमिरेले एकैदिन दुई स्थानमा शिविर सञ्चालन हुनु ठूलो उपलब्धि भएको बताए। नेपाल भारत मैत्री अस्पतालका डा. बिबेक पाण्डेले सामाजिक अभियन्ता तथा पत्रकार राजन थापासँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सामाजिक अभियन्ता राजन थापाले समुदायमै पुगेर निःशुल्क सेवा दिन पाउनु गर्वको विषय भएको बताए। कार्यक्रममा शर्मा मोबाइल हाउस, चाबहिलका एक कर्मचारीले पहिलो पटक रक्तदान गर्दै थप योगदान दिएका थिए।

दुवै शिविरमार्फत सयौं नागरिक लाभान्वित भएको आयोजक संस्थाहरूले जानकारी दिएका छन्। साथै, स्वास्थ्य सचेतना र निःशुल्क सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै