काठमाडौंमा जेन-जीलाई प्रदर्शनको अनुमति, माइतीघर-नयाँ बानेश्वर निषेधित – Sagarmathapana:: Online News Portal

काठमाडौंमा जेन-जीलाई प्रदर्शनको अनुमति, माइतीघर-नयाँ बानेश्वर निषेधित

   २०८२ भाद्र २२ गते  

काठमाडौं-राजधानीमा जेन-जी पुस्ताले आयोजना गर्न लागेको प्रदर्शनलाई प्रशासनले अनुमति दिएको छ। माइतीघर–नयाँ बानेश्वर क्षेत्रलाई भने निषेधित क्षेत्रका रूपमा राखिँदै अन्य ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न स्वीकृति दिइएको छ।

आन्दोलनका लागि अनुमति लिन पुगेका केही विद्यार्थी प्रतिनिधिसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले छलफल गरेका थिए। उनले अनलाइनखबरसँग कुरा गर्दै भने, “भोलिको कार्यक्रमका लागि उनीहरू आएका थिए, निषेधित क्षेत्रबाहेक अन्य ठाउँमा शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न दिने सहमति भएको छ।”

जेन-जी समूहले सोमबारका लागि प्रदर्शनको घोषणा गरेको छ। उनीहरूको मुख्य मागमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने, भ्रष्टाचार र बेथितिबिरुद्ध कठोर कारबाही हुनुपर्ने र नेताहरु तथा उनीहरूका परिवारले देखाएको विलासी जीवनशैलीमा जवाफदेही सुनिश्चित हुनुपर्ने विषय समेटिएका छन्।

यसअघि पनि विभिन्न विद्यार्थी समूह र युवा संगठनहरूले सरकारको सामाजिक सञ्जाल रोक्ने निर्णयलाई असंवैधानिक भन्दै आक्रोश प्रकट गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै