पोखरा लिगमा कप्तान अरुणा शाही घाइते, लुम्बिनी लाभाज पराजित – Sagarmathapana:: Online News Portal

पोखरा लिगमा कप्तान अरुणा शाही घाइते, लुम्बिनी लाभाज पराजित

   २०८२ भाद्र २१ गते  

कास्की-पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिग खेल्ने क्रममा लुम्बिनी लाभाजकी कप्तान तथा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही घाइते भएकी छन्।

शनिबार कर्णाली यश्विसविरुद्धको खेलमा बल रिसिभ गर्ने क्रममा शाही आफ्नै टोलीकी खेलाडी भेरोनिका जुबरेभासँग ठोक्किँदा उनको आँखामाथि चोट लाग्यो। तत्काल उपचार गरिएकी शाहीको घाउमा ६ वटा टाँका लगाइएपछि डिस्चार्ज गरिएको छ। उपचारपछि उनी साँझ टिम बसेको होटलमा फर्किएकी थिइन्।

घटनापछि लुम्बिनी दबाबमा रहँदा कर्णालीले दोस्रो सेटदेखि खेल आफ्नो पक्षमा पारेको थियो। पहिलो सेट २५–२३ ले जितेको लुम्बिनीले त्यसपछि लगातार तीन सेट गुमायो। कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो २५–१७ र चौथो २५–२२ ले जित्दै ३–१ को सेट अन्तरले विजय हासिल गर्‍यो।

लुम्बिनीले आइतबार पोखरा निन्जाजसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ। तर, टाँका लगाइएकी कप्तान अरुणा शाहीले अब लिगका बाँकी चार खेल गुमाउने सम्भावना उच्च देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै