१९ औं राष्ट्रिय मानव बेचबिखन विरोध दिवस मनाइयो – Sagarmathapana:: Online News Portal

१९ औं राष्ट्रिय मानव बेचबिखन विरोध दिवस मनाइयो

   २०८२ भाद्र २१ गते  

काठमाडौं।आज १९ औं राष्ट्रिय मानव बेचबिखन विरोध दिवस नेपालभर विविध कार्यक्रमका साथ मनाइयो। प्रत्येक वर्ष भदौ २१ गते मानव बेचबिखन जस्तो जघन्य अपराधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको छ।


मानव बेचबिखन रोकथामका लागि सरकार, गैरसरकारी संस्था तथा समुदायबीच सहकार्य आवश्यक रहेको वक्ताहरूले बताएका छन्। उनीहरूले मानव बेचबिखनलाई आधुनिककालीन दासता (Modern-day Slavery) भन्दै यसविरुद्ध सजग र जानकार विश्व समुदायको खाँचो औंल्याए।

सामुदायिक स्तरमै सचेतना, कानूनी व्यवस्था कडाइ, सुरक्षित आप्रवासन र पीडितहरूको पुनःस्थापना एवं पुनःएकीकरणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।

मानव बेचबिखनविरुद्धको लडाइँमा प्रत्येक व्यक्तिको सक्रिय भूमिका रहनुपर्ने भन्दै सबै मिलेर काम गरे मात्र यसलाई अन्त्य गर्न सकिनेमा सरोकारवालाहरू एकमत भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै