सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आपत्तिजनक : डा. शेखर कोइराला – Sagarmathapana:: Online News Portal

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आपत्तिजनक : डा. शेखर कोइराला

   २०८२ भाद्र २० गते  

काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई आपत्तिजनक बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “जनचाहाना र आफ्नै प्रतिबद्धताअनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ।”

कोइरालाले सरकारको निर्णयले हजारौँ नेपालीको रोजिरोटीमा असर गर्ने चेतावनी दिएका छन्। उनका अनुसार धेरै नेपालीको आजीविका सामाजिक सञ्जालसँग प्रत्यक्ष जोडिएको छ, त्यसैले यस्तो कठोर कदम तुरुन्त सच्याउनुपर्ने आवश्यकता छ।

उनले सामाजिक सञ्जाल पूर्णरूपमा बन्द नगरी मर्यादित र नियमन गर्नेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै