कटफ्लावर खुद्रा क्षेत्रको दिगो बढ्दो वृद्धिको लागि डिजिटल मार्केटिङ सम्बन्धि तालिम
निराज रानाभाट,
काठमाडौं।फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) को आयोजनामा कटफ्लावर खुद्रा क्षेत्रको दिगो बढ्दो वृद्धिको लागि डिजिटल मार्केटिङ सम्बन्धि तालिम सम्पन्न भएको छ । राजधानी काठमाडौंको बुद्दनगरस्थित आरम्भ रेष्टुरेन्टमा भदौ १५ गतेदेखि शुरु भएको उक्त तालिम भदौ १८ गते सम्पन्न भएको हो ।
उक्त तालिममा विभिन्न स्थानबाट गरी २५ जना सहभागी भएका थिए । तालिममा फोटो-भिडियो सम्पादन गर्न, सम्पर्क सिर्जना पेज बुष्ट गर्न, दर्शक लक्ष्य, गुगल समीक्षा, सामाजिक मिडिया ह्यान्डलिङ, आदि गर्न सिकाइएको थियो । उक्त तालिमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् ।












