कालीकोटमा राजेन्द्र लिङ्देनको पार्टी प्रवेश अभियान प्रारम्भ,थुप्रै नेताकर्मचारी राष्ट्रिय प्रजातन्त्र पार्टीमा – Sagarmathapana:: Online News Portal

कालीकोटमा राजेन्द्र लिङ्देनको पार्टी प्रवेश अभियान प्रारम्भ,थुप्रै नेताकर्मचारी राष्ट्रिय प्रजातन्त्र पार्टीमा

   २०८२ भाद्र १९ गते  

कालीकोट।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सञ्चालन भइरहेको पार्टी प्रवेश अभियान कालीकोटमा पनि प्रारम्भ भएको छ ।

राप्रपाको सिद्धान्त, देशप्रतिको समर्पण र भ्रष्टाचारविरोधी नेतृत्वप्रतिको आकर्षणले प्रभावित भई कालीकोटसहित विभिन्न जिल्लाका व्यक्तिहरू आज पार्टीमा प्रवेश गरेका हुन् । नयाँ प्रवेशीलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “तपाईंहरूले जीवनमा सुनौलो दिनको प्रारम्भ गर्नुभएको छ।”

आज कालीकोट र आसपासका जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नेहरूमा यी व्यक्तिहरू रहेका छन्:

कृष्ण हमाल, तिलागुफा नगरपालिका

धर्मराज शाही, खाडाचक्र नगरपालिका

भरतप्रसाद पाण्डे, खाडाचक्र नगरपालिका

एलिना जिसी, नेपालगञ्ज (बाँके)

ज्योति बम, सान्नी त्रिवेणी गाउँपालिका

सौरभ बम, सान्नी त्रिवेणी गाउँपालिका

दिपेश बम, सान्नी त्रिवेणी गाउँपालिका

मदनबहादुर बम, सान्नी त्रिवेणी गाउँपालिका

पारसबहादुर शाही, पचालझर गाउँपालिका

देवेन्द्रबहादुर शाही, हिमा गाउँपालिका (जुम्ला)

अमराज बम, सान्नी त्रिवेणी गाउँपालिका

भिष्मा बम, सान्नी त्रिवेणी गाउँपालिका

दुर्गा बम, सान्नी त्रिवेणी गाउँपालिका

यसरी प्रवेश गरेका नयाँ सदस्यलाई राप्रपाले स्वागत गर्दै पार्टीलाई अझ सबल र सुदृढ बनाउने प्रतिवद्धता जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै