“घुम्तीनीर लेट भयो” गीतका गायिका इन्दिरा गोले गुरुङको निधन – Sagarmathapana:: Online News Portal

“घुम्तीनीर लेट भयो” गीतका गायिका इन्दिरा गोले गुरुङको निधन

   २०८२ भाद्र १८ गते  

ललितपुर।चर्चित लोकदोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। क्यान्सर रोगले पीडित उनी ५९ वर्षको उमेरमा गएराति ललितपुरको हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

काठे भाकाकी चर्चित गायिका इन्दिराले ‘चागुनारायण थान’, ‘घुम्तीनीर लेट भयो’, ‘आज मलाई उनीको पछ्यौरी’लगायतका गीतमार्फत अपार लोकप्रियता कमाएकी थिइन्।उनले करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी छिन्।

२०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउमा जन्मिएकी गोलेले लोकदोहोरीसँगै तामाङ सेलो, देउडा र विभिन्न भाषाका गीतहरूमा पनि स्वर दिएकी थिइन्।

उनको अन्त्येष्टि बौद्ध परम्परा अनुसार बुधबार नै गर्ने तयारी भएको तामाङ कलाकार संघले जनाएको छ। अन्त्येष्टिअघि उनको शव राष्ट्रिय नाचघरमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। गोलेका दुई छोरी छन् भने उनका पति पनि केही वर्षअघि क्यान्सरकै कारण निधन भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै