निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित – Sagarmathapana:: Online News Portal

निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित

   २०८२ भाद्र १८ गते  

काठमाडौं।मंगलबार बसेको राष्ट्रियसभा बैठकले संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा पारित गरेकोछ।  बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रुपमा पारित भएको हो।

त्यसअघि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उक्त विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री न्यौपानेले कुलिङ पिरियड, अवकाशको अवधि लगायतका विषयमा सौहार्दपूर्ण रुपमा विधायन समितिमा छलफल भएको र सर्वसम्मत रुपमा अघि बढाइएको बताइन्। उनले प्रशासकीय क्षेत्रको सुधार गर्दै संघीयतालाई बलियो बनाउन निजामती सेवा विधेयक निकै महत्वपूर्ण रहेको उल्लेख गरिन्।

त्यसअघि मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले संघीय निजामती सेवा विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै