अब्दुल खानको जीवनमा आधारित “मेरो संघर्षको यात्रा” पुस्तक सार्वजनिक – Sagarmathapana:: Online News Portal

अब्दुल खानको जीवनमा आधारित “मेरो संघर्षको यात्रा” पुस्तक सार्वजनिक

   २०८२ भाद्र १७ गते  

काठमाडौं।माननीय अब्दुल खानको जीवनमा आधारित “मेरो संघर्षको यात्रा” नामक पुस्तक आज काठमाडौंको मध्य बानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा सार्वजनिक गरिएको छ।

पुस्तकको विमोचन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सि.के. राउतज्यूले पहिलो पटक गर्नुभयो।

निजी सचिवालयका अनुसार पुस्तकमा अब्दुल खानज्यूको व्यक्तिगत जीवन, संघर्षका विविध चरण, समाज र राष्ट्रप्रतिको योगदानलाई विस्तृत रुपमा प्रस्तुत गरिएको छ। पुस्तकले नयाँ पुस्ता र पाठकवर्गलाई प्रेरणा दिने विश्वास लिइएको छ।

सचिवालयले पुस्तक पढिसकेपछि पाठकहरुले आफ्ना प्रतिक्रिया दिनुहुन समेत अपेक्षा व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै