नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता – Sagarmathapana:: Online News Portal

नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

   २०८२ भाद्र १६ गते  

काठमाडौं।नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । श्रेष्ठले हालै अदालतबारे फेशबुकमार्फत टिप्पणी गरेका थिए ।

अधिवक्ता आयुष दाहालले श्रेष्ठले सम्मानित अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेको भन्दै अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।

श्रेष्ठले यही भदौ ६ गते फेशबुकमार्फत न्यायालयको कार्यसम्पादनमा प्रश्न उठाएका थिए । उनले अहिले न्यायालयको स्थिति न्यायको लािग अदालत पुग्ने कुनैपनि नेपालीले आफ्नो सम्पर्क वा पहुँचद्धारा न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न नसके वा घुस खुवाउन नसके न्याय पाउने आशा गर्न सकिने अवस्था नभएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै