सिनियरमा आरोही, जुनियरमा श्रीयासी : ईपीएस स्कुल आइडल २०८२ का विजेता घोषणा
काठमाडौँ।ईपीएस स्कुलले यस वर्ष पहिलोपटक आयोजना गरेको ‘स्कुल आइडल २०८२’ सम्पूर्ण तामझाम र उत्साहसहित सम्पन्न भएको छ। करिब ८० विद्यार्थीको सहभागितासहित सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूले संगीत, नृत्य र प्रस्तुतीकरणमार्फत आफ्ना लुकेका प्रतिभा दर्शाए।
कार्यक्रमको औपचारिक सुरुवात स्कुलकी प्रिन्सिपल प्रमिला श्रेष्ठले गरिन्। उनले विद्यार्थीहरूको परिश्रम र सिर्जनशीलतामाथि गर्व व्यक्त गर्दै निरन्तर प्रोत्साहन दिने प्रतिवद्धता जाहेर गरिन्।
यसपटकको स्कुल आइडललाई ओजस फिल्म्स एन्ड इन्टरटेन्मेन्टका संस्थापक साइमोन राजबंशीले आयोजना गरेका थिए भने म्यानेजिङ डाइरेक्टर ईशा पोख्रेलले व्यवस्थापनतर्फको नेतृत्व गरिन्। कार्यक्रमलाई अझ आकर्षक बनाउन कोरियोग्राफर नगमा लामाले निर्देशन गरेकी थिइन्।



विजेताहरू :
सिनियर समूह
विजेता : आरोही थपागाई (७२)
पहिलो रनर–अप : अनुश्का श्रेष्ठ (६६)
दोस्रो रनर–अप : आयुषा खड्का (६५)
जुनियर समूह
विजेता : श्रीयासी डंगोल (२८)
पहिलो रनर–अप : एरिक श्रेष्ठ (२३)
दोस्रो रनर–अप : रेमण्ड शम्शेर कुँवर (२७)


प्रतियोगिताले केवल विजेतामात्र होइन, सहभागी सबैलाई आत्मविश्वास बढाउने र कलात्मक क्षमतामा नयाँ उचाइमा पुर्याउने अवसर दिएको आयोजकले बताएका छन्।
उत्साही विद्यार्थी, खुसी दर्शक र विशिष्ट पाहुनाको उपस्थितिले पहिलो संस्करणकै ‘स्कुल आइडल’लाई विशेष र सम्झनलायक बनाएको छ। अब, स्कुलले यसलाई वार्षिक परम्पराको रूपमा अघि बढाउने तयारी गरेको छ।














