कुमारी’ सिनेमाको घोषणा, अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा – Sagarmathapana:: Online News Portal

कुमारी’ सिनेमाको घोषणा, अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा

   २०८२ भाद्र १५ गते  

काठमाडौं।निर्देशक दिनेश राउतले नयाँ सिनेमा ‘कुमारी’को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा आयोजित भव्य समारोहमार्फत सिनेमाको पहिलो पोस्टर सार्वजनिक गर्दै मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीलाई प्रस्तुत गरिएको हो।

कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुति दिएका थिए। लिम्बुले यसै चलचित्रमार्फत पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै ‘कुमारी’कै गीत कहाँ छौ प्रस्तुत गरे।

सिनेमाको निर्माण बिनिश इन्टरटेन्मेन्टले गर्ने भएको छ भने पिक्चर फ्रेम सहनिर्माता रहनेछ। निर्माता महेन्द्र अधिकारी र लेखक विकास सुवेदीको साथमा, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

सिनेमाको संगीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नेछन्। सबै गीतमा केहरले स्वर दिनेछन् भने गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेख्नेछन्।

निर्माण टिमका अनुसार छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। ‘कुमारी’को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै