प्रधानमन्त्री ओलीद्वारा चीनको चाउ इन्लाई–तेङ यिङ्चाओ स्मृति संग्रहालय अवलोकन – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओलीद्वारा चीनको चाउ इन्लाई–तेङ यिङ्चाओ स्मृति संग्रहालय अवलोकन

   २०८२ भाद्र १५ गते  

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा आज (आइतबार) थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गर्नुभएको छ ।

चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुनुहुन्छ भने तेङ यिङ्चाओ चीनको पूर्व फस्ट लेडी हुनुहुन्थ्यो । स्मृति संग्रहालयमा उनीहरूको जीवन, योगदान र चीनको राजनीतिक–सामाजिक इतिहाससँग सम्बन्धित सामग्रीहरू संकलन गरिएको छ ।

अवलोकनका क्रममा प्रधानमन्त्री ओलीलाई संग्रहालयका अधिकारीहरूले विस्तृत जानकारी गराएका थिए ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै