उपमेयर डंगोलको सुझाव–“नगर प्रहरी व्यक्तिको होइन, संस्थाको प्रतिनिधि” – Sagarmathapana:: Online News Portal

उपमेयर डंगोलको सुझाव–“नगर प्रहरी व्यक्तिको होइन, संस्थाको प्रतिनिधि”

   २०८२ भाद्र १५ गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन्।

शनिबार काठमाडौंमा आयोजित ३३औँ महानगर प्रहरी दिवसको अवसरमा बोल्दै उनले महानगर प्रहरीलाई मेयरको मात्रै निर्देशनअनुसार चल्ने अभ्यासमा सुधार गर्नुपर्नेमा जोड दिइन्।

उपमेयर डंगोलले भनिन्, “सदैव तपाईंहरू बर्दी लगाएर फिल्डमा खटिँदा आफू कोही व्यक्तिको नभई संस्थाको प्रतिनिधित्व गर्दैछु, कानुनी शासनको प्रतिनिधित्व गर्दैछु भन्ने कुरा स्थापित गर्न सक्नुपर्छ।”

उनले महानगरपालिकामा सुशासन कायम गर्न नगर प्रहरी आफैं उदाहरण बन्नुपर्ने आवश्यकता औंल्याइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै