लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन – Sagarmathapana:: Online News Portal

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

   २०८२ भाद्र १५ गते  

काठमाडौं।रुकुम तकसेरा निवासी लुम्बिनी प्रदेशसभा सदस्य माननीय सरिता पुन मगरको निधन भएको छ ।

उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज शनिबार उनको निधन भएको एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले जानकारी दिएका छन् ।

उनको निधनले प्रदेशसभासँगै सम्पूर्ण एमाले परिवार स्तब्ध भएको जनाएको छ । खड्काले आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै