भो नबोलाउ मलाई’ गीतको भिडियो सार्वजनिक – Sagarmathapana:: Online News Portal

भो नबोलाउ मलाई’ गीतको भिडियो सार्वजनिक

   २०८२ भाद्र १५ गते  

काठमाडौँ।कलाकार सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित ‘भो नबोलाउ मलाई’ गीतको भिडियो सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको हो।

भिडियो सार्वजनिक गर्दै श्रेष्ठले गीतको गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतको प्रशंसा गर्दै गीत श्रोतामाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे।

गीतको एरेन्ज बाबुल गिरीले गरेका हुन् भने भिडियोको निर्देशन दिपा शाक्य श्रेष्ठले गरेकी हुन्। भिडियोमा सनिशा र आशिर्वादको उत्कृष्ट केमेस्ट्री देखाइएको छ। कार्यक्रममा अभिनेत्री सनिशाले सह-अभिनेता आशिर्वादको अभिनय र व्यक्तित्वको प्रशंसा गर्दै भविष्यमा पनि सँगै काम गर्ने इच्छा व्यक्त गरिन्।

गीतको मिक्सिङ/मास्टरिङ राजेश शाहले गरेका छन्। मेकअप दिपा पौडेल, प्रोडक्सन म्यानेजर दिपेन गौतम (माइकल), छायांकन उत्तम हुमागाईं, रङ संयोजन प्रकाश मानन्धरले गरेका छन्।

भिडियो एसएस प्रोडक्सन लण्डनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। निर्माण पक्षले छिट्टै यस गीतलाई स्पोटिफाइ, टिकटक, रिसो, एप्पल म्युजिक, जिओ सावन, अमेजन प्राइम म्युजिक लगायतका प्लेटफर्ममा उपलब्ध गराउने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै