बर्दियामा पूर्वमन्त्री अब्दुल खानको उपस्थितिमा जनगुनासो सुनुवाइ सम्पन्न – Sagarmathapana:: Online News Portal

बर्दियामा पूर्वमन्त्री अब्दुल खानको उपस्थितिमा जनगुनासो सुनुवाइ सम्पन्न

   २०८२ भाद्र १४ गते  

बर्दिया।पूर्वमन्त्री माननीय अब्दुल खान तथा जनमत पार्टीका जिल्ला अध्यक्ष राजेश यादवको प्रमुख आतिथ्यमा बर्दियाको गु.न.पा. वडा नं. १० मा जनगुनासो सुनुवाइ तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

आज मिति २०८२ भदौ १४ गते आयोजित कार्यक्रममा वडा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नेता–कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय बासिन्दाले आफ्ना विविध समस्या राख्दै समाधानका लागि छलफल गरेका थिए ।


कार्यक्रममा जनमत पार्टीका के.स. अनवर खान, जिल्ला उपाध्यक्ष सुनील यादव, जिल्ला प्रवक्ता राम दुलारे सोनकर, किसान जनमत संघका जिल्ला अध्यक्ष बच्छराम हरिजन, नगर सचिव राम सुरेश यादव, वडा अध्यक्ष लक्ष्मी नरायण लोध, वडा सदस्य गीता मल्लाह, कुश्मा देवी कुर्मी, शान्ति पासी, रत्नापुर गाउँ समितिका अध्यक्ष मनोज गुप्ता लगायतका नेताहरूको समेत उपस्थिति थियो ।

आम जनताको समस्या सुन्ने र समाधानका उपायबारे छलफल भएको कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै