१११ कलाकारको स्वरमा खोटाङ जन्य गीत सार्वजनिक,मंसिरमा शान्तिराम राईको सांगितिक साँझ हुने – Sagarmathapana:: Online News Portal

१११ कलाकारको स्वरमा खोटाङ जन्य गीत सार्वजनिक,मंसिरमा शान्तिराम राईको सांगितिक साँझ हुने

   २०८२ भाद्र १४ गते  

काठमाडौं।खोटाङ कलाकार समाजले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य प्रायोजन तथा खोटेहाङ गाउँपालिका र ऐशलुखर्क गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको गीतको अडियो/भिडियो सार्वजनिक गरेको छ ।


गीतमा आदरणीय टंक भट्टराईको शब्द, बरिष्ठ सङ्गीतकार तथा समाजका सल्लाहकार महेश खड्काको सङ्गीत, देबेश राईको एरेन्ज रहेको छ भने रेकर्डिङ लिम्दुमि क्रियशन स्टुडियो ढोलाहिटीमा गरिएको हो । गीतको निर्देशन राजेश पुमा राईले गरेका हुन् । यसमा खोटाङका १११ जना कलाकारहरूको स्वर समेटिएको छ ।

सार्वजनिक कार्यक्रममा खोटाङका विभिन्न पेशा–व्यवसायमा सफल व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।



सो अवसरमा खोटाङ कलाकार समाजले आगामी मंसिर १३ गते काठमाडौंमा संस्थाका सल्लाहकार तथा वरिष्ठ सङ्गीतकार शान्तिराम राईको ‘एकल सांगितिक साँझ–२०८२’ आयोजना गर्ने घोषणा पनि गरेको छ ।

कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको समाजले जनाएको छ । साथै, सार्वजनिक गरिएको गीत र भिडियो युट्युबमार्फत उपलब्ध गराउने तयारी भइरहेको तर प्राविधिक कारणले तत्काल सार्बजनिक गर्न नसकिएको जानकारी दिइएको छ ।

समाजका पदाधिकारीहरूले “शान्तिराम राई एकल सांगितिक साँझ–२०८२” लाई ऐतिहासिक बनाउन सबै देश–विदेशमा रहेका शुभेच्छुक, सहयोगी र समर्थकहरूसँग साथ, सहयोग र प्रेरणाको अपेक्षा राखेका छन् ।B

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै