प्रधानमन्त्री ओली पाँच दिने चीन यात्रा मा
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पाँच दिने औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री पदमा आएपछिको यो उनको दोस्रो चीन भ्रमण हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भएको यो यात्रा १८ गते बुधबारसम्म चल्नेछ । यस अवधिमा प्रधानमन्त्री ओलीले चीनको उत्तरी शहर तियान्जिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन मा सहभागिता जनाउने कार्यक्रम छ ।
भ्रमण दलमा प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मालगायत उच्च अधिकारीहरू पनि सहभागी रहेका छन् ।
१५ र १६ भदौमा हुने उक्त सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नेछन् । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखहरूको उपस्थिति रहनेछ ।












