अभिमन्यु : च्याप्टर वान’ ट्रेलर कार्यक्रममा प्रयोग भएको शब्द विवादमा – Sagarmathapana:: Online News Portal

अभिमन्यु : च्याप्टर वान’ ट्रेलर कार्यक्रममा प्रयोग भएको शब्द विवादमा

   २०८२ भाद्र १४ गते  

काठमाडौं।सेभेन सिज सिनेमाले आफ्नै अग्रसरतामा आयोजना गरिएको चलचित्र ‘अभिमन्यु : च्याप्टर वान’ को ट्रेलर सार्वजनिक कार्यक्रममा प्रयोग भएको ‘नचलेका कलाकार’ भन्ने शब्दप्रति गहिरो दुःख व्यक्त गर्दै घोर आपत्ति जनाएको छ।

आज जारी गरिएको विज्ञप्तिमा सिनेमाले सो असावधान अभिव्यक्तिले कलाकारहरूको सम्मानमा आँच पुगेको भन्दै भर्त्सना गरेको हो।

सिनेमाले यस चलचित्रमा संलग्न कलाकारहरू विगत लामो समयदेखि निरन्तर मेहनत, लगनशीलता र जिम्मेवारीसाथ नेपाली सिनेमा र कला क्षेत्रमा योगदान दिँदै आएको तथ्यमा कुनै शंका नरहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “कलाकार, साहित्यकार, स्रष्टा तथा सिर्जनशील व्यक्तिहरू राष्ट्रका गहना हुन्। हाम्रो लागि सबै कलाकारहरू समान हुन्। उहाँहरूको योगदानलाई सम्मान गर्नु सम्पूर्ण व्यक्ति, समाज र संस्थाको दायित्व हो।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै