भक्तपुर अदालतले आशिका तामाङलाई ५ दिन कैद सजाय सुनायो
काठमाडौं।भक्तपुर जिल्ला अदालतले आशिका तामाङ र शरण तिरुवालाई आपराधिक उपद्रवको मुद्दामा दोषी ठहर गर्दै ५ दिन कैद सजाय तोकेको छ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै जनही ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ सय रुपैयाँ बुझाउन आदेश दिएको हो।
साँगास्थित झोलुङ्गे पुल वारपार गर्न शुल्क लिएको विषयमा तामाङले बोर्ड च्यात्ने, कर्मचारीलाई दुर्व्यवहार गर्ने काम गरेको आरोपमा नगरपालिकाले जाहेरी दिएको थियो।
अदालतले कैदसहितको सजाय तोकेको भए पनि आशिका तामाङले भने सामाजिक सञ्जालमा आफूलाई सफाइ दिएको दाबी गरेकी छन्।












