शिक्षा विधेयकविरुद्ध सोलुखुम्बुमा शिक्षक महासङ्घको आन्दोलन – Sagarmathapana:: Online News Portal

शिक्षा विधेयकविरुद्ध सोलुखुम्बुमा शिक्षक महासङ्घको आन्दोलन

   २०८२ भाद्र १४ गते  

सोलुखुम्बु।सरकारले संसदमा पेश गरेको शिक्षा विधेयक शिक्षक महासङ्घसँग भएका पटकपटकका सम्झौताविपरीत रहेको भन्दै नेपाल शिक्षक महासङ्घले विरोध कार्यक्रम अघि सारेको छ।

सोही कार्यक्रमअन्तर्गत हिजो देशभरका ७५३ वटै स्थानीय तहमा धर्ना तथा ध्यानाकर्षण गराउने कार्यक्रम सञ्चालन गरिएको थियो। सोलुखुम्बु जिल्लाका आठवटै स्थानीय तहमा स्थानीय शिक्षक महासङ्घको आयोजनामा धर्ना सम्पन्न भएको महासङ्घले जनाएको छ।

यस्तै, यही भदौ १५ गते आइतबार शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाउने र धर्ना गर्ने कार्यक्रम पनि तय गरिएको छ। शिक्षक महासङ्घले विधेयक तत्काल सच्याउनुपर्ने मागसमेत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै