थाई प्रधानमन्त्री पेतोङत्रान शिनावात्रा पदमुक्त – Sagarmathapana:: Online News Portal

थाई प्रधानमन्त्री पेतोङत्रान शिनावात्रा पदमुक्त

   २०८२ भाद्र १४ गते  

काठमाडौं।थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङत्रान शिनावात्रालाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

गत जुन महिनामा कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँग भएको गोप्य टेलिफोन वार्ता सार्वजनिक भएपछि शिनावात्रामाथि नैतिकता उल्लङ्घन गरेको आरोप लागेको थियो । सो संवादमा उनले थाई सेनाको आलोचना गरेकी थिइन्, जसलाई अदालतले प्रधानमन्त्रीको जिम्मेवारीअनुकूल नभएको ठहर गरेको हो।

सार्वजनिक निर्णयमा ९ मध्ये ६ जना न्यायाधीशले शिनावात्रालाई दोषी ठहर गर्दै पदमुक्त गर्नुपर्ने निष्कर्ष निकालेका छन् । पद गुमेपछि शिनावात्राले अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै, आफूले दुई देशबीच शान्ति कायम राख्न र हिंसा रोक्न प्रयास मात्र गरेको प्रतिक्रिया दिएकी छिन्।

यस घटनापछि थाइल्यान्डको राजनीतिमा फेरि ठूलो हलचल मच्चिएको विश्लेषकहरूको टिप्पणी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै