हितै को माया’ लोकभाका गीत सार्वजनिक – Sagarmathapana:: Online News Portal

हितै को माया’ लोकभाका गीत सार्वजनिक

   २०८२ भाद्र १३ गते  

काठमाडौं।आर्टेन राईको अफिसियल युट्युब च्यानलमार्फत नयाँ लोकभाका रोम्यान्टिक लभ गीत ‘हितै को माया’ सार्वजनिक गरिएको छ।

गीतमा शब्द भीमराज राई ‘दिलपाली’को रहेको छ भने संगीत शिवसंगम राईले कम्पोज गरेका छन्। स्वरमा मेलिना राई र आर्टेन राई स्वयं रहेका छन्।


गीतलाई त्रिताल स्टुडियोमा रेकर्ड गरिएको हो। एरेन्ज तथा मिक्सिङ सुन्दर लामाले गरेका छन् भने भिडियोमा प्रकाश संजोक श्रेष्ठ र टिमले गरेका छन्। मेकअपमा रबिना लिम्बु, पोशाकमा लिब्जु कलेक्सनको सहयोग रहेको छ।

भिडियोमा अनुशा राई र फुलन्देको आमाका नामले परिचित कलाकार उमेश राईलाई देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी आधुनिकले गरेका हुन् भने निर्देशन, छायांकन र सम्पादन इसाक जबेगुले गरेका हुन्।

रोम्यान्टिक प्रेमभाव बोकेको यो गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा लिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै