निजी विद्यालय सञ्चालकहरूको दोस्रो चरण आन्दोलन कार्यक्रम घोषणा
काठमाडौं।निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयक सच्याउन दबाब स्वरूप दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन्।
निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा आन्दोलन अघि बढाउने निर्णय गरेका हुन्। त्यसअनुसार जिल्लास्थरीय सदरमुकाममा खबरदारी सभा गर्ने, कालो झण्डा र ब्यानरसहित नजिकका चोकमा प्रदर्शन गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ।
सञ्चालकहरूले चेतावनीस्वरूप भदौ १८ गतेदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा समेत गरेका छन्।
विद्यालय शिक्षा विधेयकमा रहेका प्रावधान संशोधन नगरेसम्म आन्दोलन अझ कडा बनाउनुपर्ने बाध्यता रहेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ।












