बर्दियामा जनमत पार्टीका नेता अब्दुल खानद्वारा स्थानीय जनप्रतिनिधिसँग विकासबारे छलफल – Sagarmathapana:: Online News Portal

बर्दियामा जनमत पार्टीका नेता अब्दुल खानद्वारा स्थानीय जनप्रतिनिधिसँग विकासबारे छलफल

   २०८२ भाद्र १३ गते  

बर्दिया।जनमत पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य माननीय अब्दुल खानले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–९ का वडा अध्यक्ष वीरबहादुर थारूसहित वडा सदस्यहरू, सामाजिक अगुवा र विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग वडाको समग्र विकास र राष्ट्रिय उन्नतिबारे विस्तृत छलफल गर्नुभयो।

उहाँले ग्याङग खोलाको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लाका विभिन्न स्थानमा घरदैलो गर्दै सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्नुभयो। समस्या तथा सम्भावित समाधानबारे छलफल गर्दै खानले जनताको मुद्दा उठाउन जनमत पार्टी प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्नुभयो।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हरपाल सिंह सिख, के.स. अनवर खान, जिल्ला अध्यक्ष राजेश यादव, जिल्ला प्रवक्ता राम दुलारे सोनकर, बढैयाताल गाउँपालिका अध्यक्ष लक्षु खटिकलगायतको उपस्थिति रहेको थियो।

माननीय खानले कार्यक्रममा सहयोग र साथ दिने सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गर्दै स्थानीय स्तरमा विकास र जनसेवाका लागि निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै