ऐन महर करिब दुई घण्टामै हाजिरी जमानीमा छुटे
काठमाडौँ।नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्। सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली बेइज्जती गरेको अभियोगमा बुधबार पक्राउ परेका महर करिब दुई घण्टामै हाजिरी जमानीमा मुक्त भएका हुन्।
रश्मिला धामीले दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। धामी लामो समयदेखि नेता महरविरुद्ध आन्दोलित हुँदै आएकी थिइन्। उनले महरविरुद्ध साईबर क्राइमसम्बन्धी उजुरी दिएकी थिइन्।
साईबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार महरलाई कानूनी प्रक्रिया अनुसार हाजिरी जमानीमा छोडिएको हो।












