नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई पुनःसात दिनको समय
काठमाडौँ।नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल कम्पनीलाई सूचीकरणका लागि पुनः सात दिनको समय थप गरेको छ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सर्वोच्च अदालतको आदेशअनुसार सबै सामाजिक सञ्जाल सञ्चालक कम्पनीले सात दिनभित्र सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्नेछ। तोकिएको अवधिभित्र सूचीकरण नगरे नेपालमै निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत भएको छ।
विशेषगरी फेसबुक, म्यासेन्जर र ह्वाट्सएपजस्ता सञ्जाल सञ्चालन गर्ने कम्पनी ‘मेटा’ले पटक–पटकको सरकारी आग्रहलाई अटेर गर्दै आएको भन्दै सरकारले अन्तिम चेतावनी स्वरूप समय थप गरेको हो।












