नाटक ‘सिरुमारानी’ मण्डला थिएटरमा मञ्चन
काठमाडौँ।करिब २२/२३ वर्षअघि प्रसिद्ध लेखक सरुभक्तले लेखेको चर्चित नाटक ‘सिरुमारानी’ भदौ ११ गतेदेखि राजधानीको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ।
नाटकलाई अनुप न्यौपाने र सुमित्रा पेहिमले संयुक्त रुपमा निर्देशन गरेका हुन्। आगामी असोज ५ गतेसम्म दैनिक मञ्चन हुने नाटक सोमवारबाहेक हरेक दिन बेलुकी ५:१५ बजे, साथै शनिबार दिउँसो १:१५ बजे पनि प्रस्तुत गरिने जनाइएको छ।
मण्डला थिएटरले सामाजिक, सांस्कृतिक र साहित्यिक विषयवस्तुमा आधारित नाटक प्रस्तुत गर्दै आएको छ। यस पटक सरुभक्तको कालजयी कृतिको मञ्चनले दर्शकलाई विशेष अनुभव दिने अपेक्षा गरिएको छ।
स्थान: मण्डला थिएटर, थापागाउँ, काठमाडौं












