हङकङमा व्यवसाय तथा सामाजिक सेवामा सक्रिय पबी बान्तवा
काठमाडौं।हङकङमा बसेर व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय पबी बान्तवाले आफ्नो अनलाइन व्यवसायिक यात्राबारे सामाजिक सञ्जालमार्फत अनुभव साझा गरेकी छिन्।
आठ महिनाअघि अनलाइन व्यवसाय सुरु गर्दा आफूलाई धेरै डर, चुनौती र अनिश्चितता भए पनि निरन्तर प्रयास, धैर्य र दृढसंकल्पले आज समय तथा आर्थिक स्वतन्त्रताको जीवन प्राप्त गर्न सफल भएको उनले उल्लेख गरेकी छिन्।


उनले लेखेकी छिन्–
“शुरुवाती दिनमा असफलता र निराशा आए पनि मैले consistency र dedication का साथ अघि बढें। कहिल्यै हार मानिनँ, सपनाबाट पछि हटिनँ। यही कारण आजको उपलब्धि सम्भव भएको हो।”
पबी बान्तवाले युवालाई ठूलो सपना देख्न, कठिनाइलाई अवसरमा बदल्न र आफूलाई विश्वास गर्न आग्रह गर्दै प्रतीक्षा नगरी अहिले नै कदम चाल्नुपर्ने बताएकी छन्।
हङकङमा उद्यमी मात्र नभई सामाजिक सेवामा समेत सक्रिय बान्तवा सामाजिक सञ्जालमार्फत युवालाई निरन्तर प्रेरणा दिँदै आएकी छन्।













