मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई – Sagarmathapana:: Online News Portal

मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई

   २०८२ भाद्र १० गते  

काठमाडौँ।मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले जितेका छन् । सोमबार नेपाल पुलिस क्लबमा सम्पन्न फाइनल प्रतियोगितामा उनीहरूले उपाधि चुमेका हुन् ।

कार्यक्रमका प्रमुख आतिथ्य पूर्व अर्थ तथा परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत रहेका थिए । मिसेसतर्फ मायादेवी गुरुङ, गंगा गुरुङ, पूर्णिमा गुरुङ र मुना घले क्रमशः फस्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअप बने । त्यस्तै विभिन्न उपाधिहरुमा मुना घले, नन्द गुरुङ, मेलिना गुरुङ, मीना गुरुङ, हेमा गुरुङ, जुना गुरुङ, कृष्णमाया गुरुङ, बिचु गुरुङ, क्षमा गुरुङ, रञ्जिता गुरुङलगायत विजयी भए ।

मिसतर्फ भने अनिता गुरुङ फस्ट रनरअप र ईशा गुरुङ सेकेन्ड रनरअप बने । अन्य उपाधिहरुमा फुलमाया गुरुङ, सुनिला गुरुङ, हिमाली गुरुङ, सुमा गुरुङ, जेनिशा गुरुङ, सम्पदा गुरुङ, सिर्जना गुरुङ, पवित्रा गुरुङलगायत विजयी भए ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता सरोज खनाल, वरिष्ठ गायक आनन्द कार्की, पूर्व डिआइजी डा. देउती गुरुङ, नृत्य कोरियोग्राफर केशव थापा र मैनुका राई रहेका थिए । कार्यक्रमको आयोजना एसके इन्टरटेन्मेन्टले गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै