यो देशलाई नै बचाउने मधेसीहरू हुन्, रोडमा मात्र उफ्रेर राष्ट्रवादी हुँदैनन्”:सांसद अब्दुल खांन – Sagarmathapana:: Online News Portal

यो देशलाई नै बचाउने मधेसीहरू हुन्, रोडमा मात्र उफ्रेर राष्ट्रवादी हुँदैनन्”:सांसद अब्दुल खांन

   २०८२ भाद्र १० गते  

काठमाडौं।सांसद अब्दुल खांनले मधेसी समुदायले देशको अस्तित्व र राष्ट्रिय एकतालाई जोगाउने मुख्य भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

उनका अनुसार मधेसीहरूले सदैव राष्ट्र हितलाई प्राथमिकता दिएका छन् तर सडकमा चिच्याएर वा अनावश्यक प्रदर्शन गरेर मात्र कसैलाई राष्ट्रवादी प्रमाणित गर्न नसकिने स्पष्ट पार्नुभयो।

“यो देशलाई नै बचाउने मधेसीहरू हुन्। राष्ट्रवादी भन्ने हो भने कामले प्रमाणित गर्नुपर्छ, रोडमा मात्र उफ्रेर राष्ट्रवादी हुँदैनन्,” सांसद खांनले भने।

उनले मुलुकको समृद्धि र स्थायित्वका लागि मधेस र पहाडबीचको विश्वास, सहकार्य र सहअस्तित्व अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई साझा राष्ट्र निर्माणमा लाग्न आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै