सोबिता गौतमले सहभागिता जनाइन रास्वपा तीज विशेष प्रतियोगितामा,रवि लक्षित गीतहरू प्रमुख आकर्षण – Sagarmathapana:: Online News Portal

सोबिता गौतमले सहभागिता जनाइन रास्वपा तीज विशेष प्रतियोगितामा,रवि लक्षित गीतहरू प्रमुख आकर्षण

   २०८२ भाद्र ९ गते  

काठमाडौँ।प्रत्येक वर्ष आयोजना हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तीज विशेष प्रतियोगितामा यस वर्ष सांसद सोबिता गौतमले सहभागिता जनाएकी छन् ।

चितवनमा आयोजित उक्त तीज प्रतियोगितामा यसअघि अध्यक्ष रवि लामिछानेको सक्रिय सहभागिता रहने गरेकामा यसपटक गौतमले प्रतिस्पर्धामा रंग भरेकी हुन् । कार्यक्रममा रवि लामिछानेलाई लक्षित गरी रचित तीज गीतहरूलाई विशेष स्थान दिइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक झलकसहित महिलाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

तस्बिर :आकांक्षा पोख्रेल

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै